काठमाडौं– नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सिजीले हालै युरोपमा डिजाईन र उत्पादन गरि वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ।
युरोपमा उत्पादन भएका कारण यी सामाग्रीहरुमा विभिन्न किसिमका विशेषताका साथै निकैनै आकर्षक स्वरुप पनि रहेका छन्। वासिङ मेसिनको विशेषताको बारेमा भन्नु पर्दा यसमा डिजिटल ड्राईभ मोटर रहेको छ, जसले तपाईको घरको विजुलीको बचत गराउछ भने यो एकदमै शान्तरुपमा पनि चल्ने गर्दछ।
यसमा पर्ल ड्रमको प्रयोग गरिएको छ। जसले तपाईको लुगालाई हेरचाह गरि सफासंग धुने र लुगाको आयु पनि बढाउदछ। यसमा एलर्जी सेफ नामक प्रोग्राम पनि राखिएको छ। यो प्रोग्रामले तपाईको कपडामा रहेको विभिन्न किसिमका एलर्जेन्सहरुलाई हटाई तपाईको कपडा स्वच्छ राख्दछ। यो वासिङ मेसिन बुम¥याङ बडि सेपमा रहेको हुनाले कपडा धुदा भाइब्रेसन कम हुने गर्दछ।
तेस्तै यसमा इकोलोजी सिस्टम पनि रहेको छ। यो सिस्टमले गर्दा तपाईले मेसिन कम लोडमा चलाउदा पनि विजुली तथा पानीकम खाने गर्दछ। यो वासिङ मेसिनमा १५ वटा वास प्रोग्रामहरु राखिएको हुनाले आफ्नो इच्छा अनुसार कुनै पनि प्रोग्राम प्रयोग गर्न सकिनेछ। यो वासिङ मेसिनले कपडा धोई सकेपछि आफै भित्र नै लुगा सुकाई दिने भएकोले यो मनसुन मौसमा एकदम नै उपयोगी हुनेछ। कम्पनीले यसको खरिदमा १० वर्षकोमोटर वारेण्टीसमेत प्रदान गरेको छ।
तेस्तै अर्को युरोपमा डिजाईन र उत्पादन गरिएका डिसवासरहरु बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा उपलब्ध गराएको छ । आफ्नो आवश्यकता अनुसार यसलाई खरिद गर्न सकिने कम्पनीले जनाएको छ। यसमा डिस्प्ले स्किृन तथा टच स्किृन भएका हुनाले यी डिसवासरहरु प्रयोग गर्न एकदमै सजिलो हुने कम्पनीको दाबी छ। यसमा विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन्। जसलाई आफ्नो आवश्यकता अनुसार प्रयोग गरि आफ्नो भाँडाहरुलाई सफा गर्न सकिनेछ।
यी दुवै मोडलमा धेरै भन्दा धेरै विभिन्न किसिमका विशेषताहरु रहेका छन्। ती विशेषताहरुमा स्टिम वास, अटो डोर टेक्नोलोजि, वि.एल.डि.सि. टेक्नोलोजि, जेट वास, डिउल प्रो वास र हाफ लोड अप्सन रहेका छन्।
स्टिम वासको सहायताले तपाईले कट–कटिएका भाँडाहरु, जुन हामीलाई हातले धुँदा एकदमै कठिनाई हुन्छ, त्यस्ता भाँडाहरुलाई सजिलै बाफ उत्पन्न गरि हाईजिनिक राखि सफा नतिजा दिन्छ। त्यस्तै अर्को अटो डोर टेक्नोलोजि रहेको छ। यो विशेषताको कारण अब तपाईलाई धुईसकेको भाँडाहरुलाई सुकाई रहने झन्झटबाट मुक्त गर्दछ। यसले भाँडा धुईसकेपछि आटोमेटिक ढोका खुल्दछ र भित्ररहेका बाफहरुलाई बाहिर निकालेर बाहिरको हावा भित्र प्रवेश गराई पर्फेक्ट ड्राईङ पर्फमेन्स दिनेछ।
वि.एल.डि.सि. टेक्नोलोजि वा हाईड्रो पावर पनि यसको विशेषता रहेको छ, जसको मद्दतले तपाईको घरको पानी, मोटरको इनर्जी र समयको बचत गर्दछ। डिउल प्रो वासको मद्दतले तपाईको भाँडालाई दुई वटा छुटा छुटै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्ण रुपमा सफा गर्दछ। त्यस्तै अर्को जेट वास विशेषता रहेको छ। यसले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्दछ।
हाफ लोड अप्सन टेक्नोलोजिले, यदि तपाईको भाँडाहरु थोरै छन् भने तपाईले डिसवासरमा रहेको तलको बास्केट वा माथीको बास्केट मात्र प्रयोग गरि भाँडा धुन सकिने कम्पनीले जनाएको छ। यसले गर्दा पनि इनर्जी तथा पानी दुबैलाई जोगाउने गर्दछ।
अब डिसवासरको खरिदमा १५ प्लेस सेटिङमा ३ वर्षको मोटरवारेण्टी र १२ प्लेस सेटिङमा १ वर्षको वारेण्टी पाउन सकिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।