काठमाडाैं- फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरोकप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ।
यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति भएका छन्। विजेता छनौट फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’द्वारा गरिएको थियो।
उनले सामसङको ५५ इन्च स्मार्ट टिभी जितेका छन्।
सो क्याम्पेन असार १ गते देखी २३ गतेसम्म चलेको थियो। यस क्याम्पेनमा सहभागी हुन योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधिभित्र फोनलोन मार्फत् कर्जा लिनु पर्ने थियो।
यसमा फोनलोन सन्जालका ५ बैंक: लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोन प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।