काठमाडौं– गायक रामकृष्ण ढकालको स्वरमा ‘बाटो गल्लीको देवता’ बोलका गीत सार्वजनिक भएको छ।
‘बाटो गल्लीको देवता म, छैन मेरो सुनको गजुर’ बोलको गीतमा वास्तविक देवताको कथालाई प्रस्ट्याउने प्रयास गरिएको छ। मनिष वशिष्ठको लेखन तथा सुशान्त गौतमको संगीत रहेको गीतमा देश-देशावरमा बहकिएका तीर्थालुलाई प्रतीकात्मक व्यंग्य गरिएको छ।
गायक ढकालका अनुसार, नाम चलेका मन्दिरमा तीर्थव्रतका लागि देश-विदेश जाने तर आफ्नै वरपर रहेका मन्दिर र मूर्तिहरुलाई हेला गर्ने प्रवृत्तिबारे गीत तयार गरिएको हो। यस गीतमार्फत आफ्नो स्वरमा केही फरक स्वाद दर्शक-श्रोतालाई दिने प्रयास गरेको ढकाल बताउँछन्।
गीतको भिडियोमा जीवन भट्टराई, सगुन पोखरेल, लकी भण्डारी लगायत कलाकारहरुको अभिनय छ। निकेश खड्काले निर्देशन गरेको भिडियोमा उत्तम हुमागाईँको छायांकन तथा विकास धमलाको सम्पादन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।