काठमाडौं- नेपालको सबैभन्दा ठूलो पब्जी प्रतियोगिता ‘एनटर्क सुपर स्क्वाड पब्जी मोबाइल च्याम्पियनसिप २०२१’ सम्पन्न भएको छ।
जीजीसीओद्वारा टीभीएस एनटीओआरक्युज सुपर स्क्वाड एडिसनको सहकार्यमा आयोजित उक्त च्याम्पियनसिप एक ईस्पोटर्स प्रतियोगिता थियो।
देशभरिका ६६० भन्दा बढी टोलीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। २० दिनको अवधिमा दर्ता भएका टोलीले टीभीएस एनटर्क स्कुटरको पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए।
उक्त प्रतियोगिता जगदम्बा मोटर्स- टीभीएसले नेपाली गेमिङको समुदायलाई सहयोग पुर्याउनका लागि आरम्भ गरेको हो। जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवाले भने, ‘यो एउटा कर्पोरेट कम्पनीले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्नका लागि उठाएको ठूलो कदम हो र उनीहरूलाई कर्पोरेट जगतमा प्रतिभा प्रदर्शन गर्न यसले ठूलो सहयोग पुर्याएको छ।’
प्रतियोगिता जुन १ मा सुरू भइ जुलाई १६ मा सम्पन्न भएको थियो। फाइनलमा ४८ टिम (प्रत्येक समूहमा १६ जना) गरी सामेल गरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।