काठमाडौं– महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कले गत साता नक्कली प्रहरीदेखि अश्लिल गतिविधिमा संलग्न समेतका व्यक्तिहरुलाई पक्राउ गरेको छ। विभिन्न अपराधीक गतिविधिमा संलग्न ८ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको प्रभागले जनाएको छ।
गत १३ गते प्रहरीले आफु सादा पोशाकमा हिड्ने घुमुवा प्रहरी हुँ भन्दै मित्रनगरका होटलमा पैसा मागिरहेका एक युवकलाई पक्राउ गरेको थियो।
त्यस्तै १४ गते बजाज मोटरसाइकलको सोरुमा तास खेलिरहेका ४ जनालाई पक्राउ गरी प्रभागले महाराजगञ्ज वृत्तमा पठायो।
१६ गते दोहोरी तथा डान्सबारहरुमा छापा हानी कम उमेरका ३ जनाको उद्धार भएको थियो।
त्यस्तै १७ गते अश्लील गतिविधिमा संलग्न ३ जना युवतीलाई प्रहरीले पक्राउ गरेको थियो। सडकमा बसेर अश्लिल बोल्दै सर्वसाधरणलाई बाध पु¥याएको आरोपमा तीन युवतीलाई पक्राउ गरी कारबाहीका लागि महाराजगञ्ज वृत्त पठाइएको नयाँ बसपार्क प्रभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।