काठमाडौं– केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रालिले स्काईवर्थको इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरसहित सेभेन स्टार प्रो–वास टेक्नोलोजीसहितको मेसिन नेपालमा सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यो मेसिनले उत्कृष्ट वास पर्फमेन्स प्रदर्शन गर्नुका साथै ७ विभिन्न गतिलाई कार्यान्वयन गर्छ। मेसिनमा १० वर्षे वारेन्टी रहेको स्मार्ट एप्लिकेसन नेशनल सेल्सका प्रमुख भाष्कर मुनकर्मी बताए।
सेभेन मोसन टेक्नोलोजीले कपडालाई सजिलैसँग र सुरक्षितमा धुलाइ गरी फोहोर तथा दाग हटाउन सहज पु¥याउने कम्पनीको भनाइ छ। मेसिनमा फल, स्क्रबिङ, थ्रीडी पर्सपेक्टिभ, लाइट स्विङ, स्क्रुइङ, लाइट निडिङ र फ्लफ ७ प्रकारका गति रहेको कम्पनीले जनाएको छ।
यो मेसिनमा इन्भर्टर सिधै ड्राइभ मोटरमा जोडिएको हुँदा कम आवाज, उच्च स्थायित्व र ऊर्जा बचत गर्ने दाबी कम्पनीको छ।
स्काईवर्थ सेभेन मोसन डीडी वासिङ मेसिन तीन नयाँ मोडल ई८०१२ जीआरडी, एफ८०१४ जीआरडी, एफ ९०१४ जीआरडी ८ केजी र ९ केजी क्षमतामा डार्क सिल्भर कलरमा उपलब्ध हुनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।