काठमाडौं– खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ।
मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमिट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो।
सम्झौता अनुसार, अब सर्वसाधारणहरुले मेगा रेमिटमार्फत् स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्न सक्ने भएका छन्।
यसका साथै, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, युएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमिटमार्फत् पठाएको रकम खल्तीमार्फत प्राप्त गर्न सकिनेछ।
नेपालभित्र पनि खल्तीमार्फत् रकम पठाउन र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकोमा यो व्यवस्थाले मेगा बैंकको रेमिटेन्स सेवाको दायरालाई अभैm फराकिलो बनाउँदै ग्राहकहरुमा थप सहजता प्रदान गर्ने मेगा बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।