काठमाडौं– ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा इन्टर्न सुविधा पाउने भएका छन्। कलेज र इन्स्योरेन्सबीच भएको सहकार्यसँगै विद्यार्थीहरुले यस्तो सुविधा पाउने भएका हुन्।
त्यसैगरी, सहकार्यसँगै जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउनेछ। बीमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहनेसमेत सम्झौतामा उल्लेख छ।
नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र ग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा. देवराज पनेरुले सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।