काठमाडौं – गत सनिबार साँझ जनगायक रामेश श्रेष्ठको एकल गायन साझ सम्पन्न भएको छ। गणतन्त्र दिवसको अबसरमा शनिबार काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान ‘राष्ट्रिय नाचघर’द्धारा आयोजीत एकल गायन ‘युगिन आवाज’ सम्पन्न भएको हो।
उक्त साँझमा रामेशले १५ ओटा गीत गाएर उपस्थित प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पुर्णलाई मन्त्रमुग्ध पारेका थिए।
उमेरले ७४ वर्ष पुगेका रामेशले पाँच दशक भन्दा लामो समयदेखि नेपाली संगीतमा पु¥याएको योगदानको कदर गर्दै सांस्कृतिक संस्थान र सार्थक जनसंगीत प्रतिष्ठानले यो एकल साँझको आयोजना गरेको हो ।
नेपाली संगीत क्षेत्रमा पाँच दशक भन्दा लामो समयदेखि निरन्तरता दिँदै सामाजिक, राजनीतिक रुपान्तरणमा रामेशले पु¥याएको योगदानको कदरस्वरुप उनलाई संस्कृति मन्त्रालय (सांस्कृतिक संस्थानका तर्फबाट अभिनन्दन पनि गरियो ।
गायक रामेशलाई प्रधानमन्त्री केपी शर्माओलीले अभिनन्दन गर्नु भएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, भौतीक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, संस्कृति मन्त्री रबीन्द्र अधिकारी समेतले रामेशलाई अभिनन्दन गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले २०३० सालताका रामेश, रायनहरुले आफ्ना गीतसँगीत लोकतन्त्रका लागि जनजागरण ल्याएको स्मरण समेत गर्न भ्याका थिए। ओलीले उक्त कुराको स्मरण गर्दै भने ‘म जेल बस्दा समेत रमेश, रायनका गीतले एकदिन हामी जित्नेछौं भन्ने आशा जगाउँथ्यो । नभन्दै आज हामीले जित्यो र अब उहाँहरुको गीतमा भनिएझैं देशलाई समृद्ध बनाउनुछ ।’
नेपाली राजनीतिक आन्दोलनमा रामेश, रायन सहित राल्फाको साँगीतिक आन्दोलनको महत्वपूर्ण योगदान रहेको पनि प्रधानमन्त्री ओलीले बताए । जनगायक रायनलाई आफुले अनिनन्दन प्रदान गरे पनि यो अभिनन्दन सम्पूर्ण जनताहरुको भएको ओलिको भनाई थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।