इटहरी– सुनसरीको इटहरीस्थित बुढी खोलाले बगाएर एक किशोरीको मृत्यु भएको छ।
खोलामा नुहाउन गएका ३ जना मध्ये इटहरी १० की १६ वर्षीया वर्षा लिम्बुलाई खोलाको भङ्गालोले बगाएको थियो।
लिम्बुसँगै नुहाउन गएका सोही ठाउँ निवासी रविना राई र सिर्जना गुरुङलाई स्थानीय युवाले जिवितै उद्दार गर्न सफल भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।