काठमाडौं- अनलाइन सपिङ कम्पनी दराजले आजदेखि दराज महाबचत बजार अभियान सुरु गरेको छ। यस अभियानको मुख्य उद्देश्य ग्राहकहरुका लागि बचत प्रबर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ।
अभियानअन्तर्गत चार हजार रुपैयाँसम्मको छुट, बैंक कार्ड वा आईएमईपेमार्फत अनलाइन प्रि-पेमेन्टमा दुई हजार रुपैयाँसम्मको छुट, एक रुपैयाँमा आइफोन१२ जित्ने मौका, बम्पर उपहारमा म्याकबुक प्रो१३ जित्ने मौका, नि:शुल्क डेलिभारी, नि:शुल्क भउचरका साथै थुप्रै अन्य पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ।
यस अभियानका लागि नबिल बैंक, सानिमा बैंक, माछापुच्छे बैंक र एनएमबि बैंकका कार्ड भएकाहरूले प्रि-पेमेन्टमा आकर्षक छुट पाउने छन्। यी बैंकका डेबिटकार्ड भएकाहरुले १५ प्रतिशत (एक हजार ५०० रुपैयाँसम्म) को छुट पाउने बताइएको छ। साथै, क्रेडिट कार्ड प्रयोगकर्ताले कार्ड प्रि-पेमेन्टमा २० प्रतिशत (दुई हजार रुपैयाँसम्म) छुट पाउने छन्। यो अफर सीमित समयको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ।
'ग्राहकहरुले आफ्नो आईएमईपे खातामार्फत् प्रि-पेमेन्ट गरेर मूल्य अझै कम गर्न पनि सक्दछन्। आईएमईपेमार्फत् भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरिदमा २० प्रतिशत (एक हजार रुपैयाँसम्म) छुट पाउनसक्ने छन्,' कम्पनीले भनेको छ, 'यसबाहेक पहिलोपटक भिसाकार्डमार्फत् भुक्तानी गर्ने दराज ग्राहकले २० प्रतिशतसम्मको छुट पाउनसक्ने छन्।'
भिसा डेबिट कार्डमार्फत् प्रि-पेमेन्ट गरेमा १५ प्रतिशत (५०० रुपैयाँ) सम्म छुट र भिसा क्रेडिट कार्डमार्फत् पूर्वभुक्तानीमा २० प्रतिशत (५०० रुपैयाँ)सम्म छुट पाउनसक्ने बताइएको छ।
दराजको यो अभियान साउन ९ गतेसम्म चल्ने जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।