काठमाडौं- क्यानालिस ग्लोबल मार्केट रिसर्च फार्मले आफ्नो दोस्रो त्रैमासिकको ग्लोबल स्मार्टफोन मार्केटको रिपोर्ट सार्वजनिक गरेको छ। जसमा शाओमीले १७ प्रतिशत सेयर र ८३ प्रतिशत यर अन यर वृद्धिका साथ एप्पललाई पछाडि पारेर दोस्रो स्थानमा अग्रता लिएको छ।
‘शाओमीले अहिले आफ्नो व्यवसायको मोडेललाई च्यानल पार्टनर कन्सोलिडेसन र अधिक सावधानीपूर्वक व्यवस्थापन जस्ता पहलहरूको साथ च्यालेन्जरबाट इनकन्म्बेन्टमा रूपान्तरण गरिरहको छ,’ क्यानालिसले टिप्पणी गरेको छ, ‘शाओमीको नयाँ लक्ष्य भनेको सामसङलाई विश्वको सबैभन्दा ठूलो बिक्रेता बन्नबाट पछि पर्नु हो।’
२०२० को चौथो त्रैमासिकमा शाओमीको ग्लोबल सिपमेन्ट ३१.५ प्रतिशतको यर अन यर वृद्धिका साथ पहिलोपटक एप्पललाई उछिन्दै तेस्रो स्थानमा पुगेर ४३.४ मिलियन युनिट पुगेको थियो। २०२१ को प्रथम त्रेमासिकमा १५ प्रतिशतको ग्लोबल स्मार्ट फोनको मार्केट सेयरको साथ एप्पल दोस्रो स्थानमा उक्लियो जसलाई शाओमीले आफ्नो मार्केट सेयरको १४ प्रतिशतका साथ पछ्याएको थियो।
शाओमीको ग्लोबल स्मार्ट फोन सिपमेन्ट ६९.१ प्रतिशत यर अन यर वृद्धिका साथ ४९.४ मिलियन युनिटको थियो ।
शाओमीको ग्लोबल एक्सपान्सनका साथै नयाँ खुद्रा च्यानलहरूको रूपान्तरणले कम्पनीलाई दोस्रो ठूलो स्मार्ट फोन निर्माता बन्न महत्त्वपूर्ण योगदान गरेको बताइएको छ। क्यानालिसको पछिल्लो ग्लोबल स्मार्टफोन डेटाका अनुसार, शाओमीले विदेशी बजारमा तीव्र गतिमा विस्तार गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।