• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सम्झौताको १० वर्षसम्म पनि बनेन पुल, डुंगामा तारिन्छ मोटरसाइकल

64x64
दीपक नेपाल शनिबार, साउन २, २०७८  १९:०९
1140x725

कैलाली- सम्झौता गरेको १० वर्षसम्म पनि पुल नबन्दा हुलाकी राजमार्ग भएर यात्रा गर्ने यात्रुले सास्ती व्यहाेर्नु परेको छ। धनगढीदेखि नेपालगञ्ज जाने सडक पिच भएपनि बर्सातको बेला सो सडक खण्ड अवरुद्ध हुने गरेको छ। 

भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र अवस्थामा छ। पुलका चारवटा स्पानमध्ये हालसम्म दुईवटाको काम मात्र सकिएको छ। 

पटक-पटक म्याद थप्ने तर काम सम्पन्न नगर्ने निर्माण कम्पनीको तेस्रोपटक थपिएको म्याद समेत यही साउनमा सकिँदै छ। तर पुल कहिले बन्ने हो अझै अनिश्चित छ। 

हुलाकी राजमार्ग अन्तर्गत पर्ने भजनी नगरपालिकाको वडा नम्बर ३ र ५ जोड्ने यो पुल निर्माणका लागि सरकारले ३१ जेठ २०६८ मा लामा–शाल्पा–शेर्पा–बिरुवा जेभीसँग सम्झौता गरेको थियो। सम्झौता गरेको १० वर्ष बित्दा समेत भने अहिलेसम्म ७० प्रतिशत मात्रै काम सम्पन्न भएको  हुलाकी सडक आयोजना कार्यालय धनगढीका प्रमुख रामपुकार जैसवालले बताए।

४ करोड ४३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त पुलको लम्बाइ १ सय मिटर र चौडाइ ७ दशमलव २ मिटर रहेको आयोजना प्रमुख जैसवालले बताए। 

आर्थिक वर्षको अन्त्यतिर बेला बेलामा ठेकेदारले केही समान र मान्छे पठाएर काम गरेको जस्तो मात्रै गर्ने र फेरि काम रोक्ने गरेको स्थानीयले बताएका छन्। स्थानीयले ठेकेदारले एक दशकसम्म पनि काम अलपत्र पार्दा सम्बन्धित निकायले भने पुल निर्माणमा चासो नदेखाएको भन्दै आक्रोश पोख्ने गरेका छन्।

भजनी नगरपालिका–५, का पदम साउदले वर्षाैंदेखिको खोला तर्नुपर्ने पीडा पुल बनेपछि हट्ने सपना सपनामात्रै भएको बताए। उनले पुल निर्माण नहुनुमा ठेकेदार मात्रै दोषी नभई ठेक्का दिने सरकारी निकायको समेत लापरवाही रहेको बताए। 

पुल निर्माण नहुँदा वर्षायाममा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ। कान्द्रा नदी किनारमै कृषि व्यवसाय गरिरहेका जय बुढाले पुल बन्न लागेको हेर्दै १० वर्ष बितेको बताए। उनले भजनीबाट हुलाकी सडक हुँदै सदरमुकाम धनगढी पुग्न निक्कै छोटो पर्ने भएपनि वर्षा लागेपछि लामो बाटो तय गर्नु पर्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

पुल बन्न सुरु हुँदा नदी पार गर्दाका दुःखका दिन जाने भए भनेर खुशी भएका स्थानीय ढिलासुस्तीले निराश र आक्रोशित छन्। 

जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता

कान्द्रा नदीमा निर्माणाधीन पुलले भजनी नगरपालिका–३, ठेकी र वडा नम्बर ५ नयाँबस्तीलाई जोड्छ। नौवटा वडा रहेको भजनी नगरपालिकाका ५, ७, ९ नम्बर वडा कान्द्रा नदीपारी पर्छन्। नदीमा पुल नहुँदा ५ र ७ वडाका बासिन्दाले वर्षायाममा भजनी बजार, नगरपालिका कार्यालय र नगरका अन्य गाउँ पुग्न सास्ती खेप्नुपर्छ।  हुलाकी राजमार्गको निर्माणाधीन पुल हेर्दै डुंगा तर्नुपर्ने बाध्यता स्थानीयहरुको रहेको छ। एक पटक नदी तरेको मान्छे र साइकलको १०/१० र मोटरसाइकलको ४० रुपैयाँ तिर्नु पर्छ। 

तेश्रोपटक थपिएको अवधि सकिँदै
पुलको काम सक्न तेस्रोपटक थप भएको अवधि समेत यही साउनमा सकिँदैछ।  सुरुमा ठेक्का भएपछि पुलको डिजाइन परिवर्तन गरिँदा र पछि ठेकेदारका कारण काममा ढिलाइ भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीका प्रमुख  जैसवालले बताए।

Xtrem

Xtrem

डिजाइन परिवर्तन भएपछि २०७२ मा निर्माण कम्पनीलाई साढे दुई वर्षको समय दिइएको थियो। उक्त अवधिमा ठेकेदार कम्पनीले पिलर राख्ने काम पनि गर्न सकेन। २५ असार २०७५ मा निर्माण अवधि सकिएपछि ठेकेदार सम्पर्कविहीन भएको जैसवालले बताए।

कोरोनाले काम प्रभावित भएपछि आयोजनाहरूमा ६ महिना म्याद थप गर्ने सरकारको निर्णयअनुसार यो पुल निर्माणको अवधि पनि साउनमा सकिँदै छ। 

पटक-पटक ठेकेदार कम्पनी र आयोजनालाई झक्झकाएको बताउँदै भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले काम गरेजस्तो गर्ने तर, फेरि ठेकेदार नै बेपत्ता हुने गरेको बताए। उनले यो पुलले भजनी नगरपालिकाको विकास निर्माणमा समेत बाधा पुर्‍याएको उनले बताए।

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक नेपाल
लेखकबाट थप
बँदेल मार्न आफैंले थापेको वद्युतीय पासोमा पर्दा बैतडीमा दुई दाजुभाइको मृत्यु
छतिवनको सुन्दर झरना : पर्यटकको नयाँ रोजाइ
कांग्रेस कैलालीको सभापतिमा संस्थापन पक्षबाटै ६ जना आकांक्षी
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्