• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २६, २०८२ Thu, Jul 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
सम्झौताको १० वर्षसम्म पनि बनेन पुल, डुंगामा तारिन्छ मोटरसाइकल
64x64
दीपक नेपाल शनिबार, साउन २, २०७८  १९:०९
1140x725

कैलाली- सम्झौता गरेको १० वर्षसम्म पनि पुल नबन्दा हुलाकी राजमार्ग भएर यात्रा गर्ने यात्रुले सास्ती व्यहाेर्नु परेको छ। धनगढीदेखि नेपालगञ्ज जाने सडक पिच भएपनि बर्सातको बेला सो सडक खण्ड अवरुद्ध हुने गरेको छ। 

भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र अवस्थामा छ। पुलका चारवटा स्पानमध्ये हालसम्म दुईवटाको काम मात्र सकिएको छ। 

पटक-पटक म्याद थप्ने तर काम सम्पन्न नगर्ने निर्माण कम्पनीको तेस्रोपटक थपिएको म्याद समेत यही साउनमा सकिँदै छ। तर पुल कहिले बन्ने हो अझै अनिश्चित छ। 

हुलाकी राजमार्ग अन्तर्गत पर्ने भजनी नगरपालिकाको वडा नम्बर ३ र ५ जोड्ने यो पुल निर्माणका लागि सरकारले ३१ जेठ २०६८ मा लामा–शाल्पा–शेर्पा–बिरुवा जेभीसँग सम्झौता गरेको थियो। सम्झौता गरेको १० वर्ष बित्दा समेत भने अहिलेसम्म ७० प्रतिशत मात्रै काम सम्पन्न भएको  हुलाकी सडक आयोजना कार्यालय धनगढीका प्रमुख रामपुकार जैसवालले बताए।

४ करोड ४३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको उक्त पुलको लम्बाइ १ सय मिटर र चौडाइ ७ दशमलव २ मिटर रहेको आयोजना प्रमुख जैसवालले बताए। 

आर्थिक वर्षको अन्त्यतिर बेला बेलामा ठेकेदारले केही समान र मान्छे पठाएर काम गरेको जस्तो मात्रै गर्ने र फेरि काम रोक्ने गरेको स्थानीयले बताएका छन्। स्थानीयले ठेकेदारले एक दशकसम्म पनि काम अलपत्र पार्दा सम्बन्धित निकायले भने पुल निर्माणमा चासो नदेखाएको भन्दै आक्रोश पोख्ने गरेका छन्।

भजनी नगरपालिका–५, का पदम साउदले वर्षाैंदेखिको खोला तर्नुपर्ने पीडा पुल बनेपछि हट्ने सपना सपनामात्रै भएको बताए। उनले पुल निर्माण नहुनुमा ठेकेदार मात्रै दोषी नभई ठेक्का दिने सरकारी निकायको समेत लापरवाही रहेको बताए। 

पुल निर्माण नहुँदा वर्षायाममा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ। कान्द्रा नदी किनारमै कृषि व्यवसाय गरिरहेका जय बुढाले पुल बन्न लागेको हेर्दै १० वर्ष बितेको बताए। उनले भजनीबाट हुलाकी सडक हुँदै सदरमुकाम धनगढी पुग्न निक्कै छोटो पर्ने भएपनि वर्षा लागेपछि लामो बाटो तय गर्नु पर्ने बताए।

Ncell 2
Ncell 2

पुल बन्न सुरु हुँदा नदी पार गर्दाका दुःखका दिन जाने भए भनेर खुशी भएका स्थानीय ढिलासुस्तीले निराश र आक्रोशित छन्। 

जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता

कान्द्रा नदीमा निर्माणाधीन पुलले भजनी नगरपालिका–३, ठेकी र वडा नम्बर ५ नयाँबस्तीलाई जोड्छ। नौवटा वडा रहेको भजनी नगरपालिकाका ५, ७, ९ नम्बर वडा कान्द्रा नदीपारी पर्छन्। नदीमा पुल नहुँदा ५ र ७ वडाका बासिन्दाले वर्षायाममा भजनी बजार, नगरपालिका कार्यालय र नगरका अन्य गाउँ पुग्न सास्ती खेप्नुपर्छ।  हुलाकी राजमार्गको निर्माणाधीन पुल हेर्दै डुंगा तर्नुपर्ने बाध्यता स्थानीयहरुको रहेको छ। एक पटक नदी तरेको मान्छे र साइकलको १०/१० र मोटरसाइकलको ४० रुपैयाँ तिर्नु पर्छ। 

तेश्रोपटक थपिएको अवधि सकिँदै
पुलको काम सक्न तेस्रोपटक थप भएको अवधि समेत यही साउनमा सकिँदैछ।  सुरुमा ठेक्का भएपछि पुलको डिजाइन परिवर्तन गरिँदा र पछि ठेकेदारका कारण काममा ढिलाइ भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीका प्रमुख  जैसवालले बताए।

डिजाइन परिवर्तन भएपछि २०७२ मा निर्माण कम्पनीलाई साढे दुई वर्षको समय दिइएको थियो। उक्त अवधिमा ठेकेदार कम्पनीले पिलर राख्ने काम पनि गर्न सकेन। २५ असार २०७५ मा निर्माण अवधि सकिएपछि ठेकेदार सम्पर्कविहीन भएको जैसवालले बताए।

कोरोनाले काम प्रभावित भएपछि आयोजनाहरूमा ६ महिना म्याद थप गर्ने सरकारको निर्णयअनुसार यो पुल निर्माणको अवधि पनि साउनमा सकिँदै छ। 

पटक-पटक ठेकेदार कम्पनी र आयोजनालाई झक्झकाएको बताउँदै भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले काम गरेजस्तो गर्ने तर, फेरि ठेकेदार नै बेपत्ता हुने गरेको बताए। उनले यो पुलले भजनी नगरपालिकाको विकास निर्माणमा समेत बाधा पुर्‍याएको उनले बताए।

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक नेपाल
लेखकबाट थप
बँदेल मार्न आफैंले थापेको वद्युतीय पासोमा पर्दा बैतडीमा दुई दाजुभाइको मृत्यु
छतिवनको सुन्दर झरना : पर्यटकको नयाँ रोजाइ
कांग्रेस कैलालीको सभापतिमा संस्थापन पक्षबाटै ६ जना आकांक्षी
सम्बन्धित सामग्री
आज मोहर्रम पर्व मनाइँदै मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन्। मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदक... आइतबार, असार २२, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा दुई वडाका गाउँ जोड्नका लागि पुलले निकै सहज बनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत थोर्गा तथा ग्वादीको बीचमा झोलुङ्गे पुल नि... मंगलबार, असार १७, २०८२
जनकपुरमा क्यान्सर पहिचान अभियानमा विनयतारा र पूर्व राजदूत डेलिसी नेतृत्वको इन्गेज नेपाल शिविरकै अवसरमा तीनवटा तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उच्च रक्तचाप : रोकथाम र परीक्षण,  अष्टोमी हेरचाहसम्बन्धी जनचेतना र स्... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
माओवादी केन्द्र र नेसपाबीच एकता, १५ जना केन्द्रीय सदस्यमा समाहित बिहीबार, असार २६, २०८२
अब चेक बाउन्स प्रमाणित भए ६ महिनाभित्र उजुरी दिनुपर्ने, ५ दिनभित्रै कालोसूचीमा राखिने बिहीबार, असार २६, २०८२
रासायनिक मल अझै ९१ हजार मेट्रिक टन मौज्दात छ, किसानलाई अभाव नहुनेगरी वितरण भइरहेको छ : कृषिमन्त्रीको अधिकारी बिहीबार, असार २६, २०८२
मोन्टी देसाई काठमाडौंको मुख्य प्रशिक्षक नियुक्त बिहीबार, असार २६, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्