काठमाडौं- चीनको होटल सुरक्षा सम्बन्धी सामग्री उत्पादन गर्ने अर्बिटाका उत्पादन नेपाली बजारमा उपलब्ध छन्।
सुरक्षा प्रविधि लगायतका सामग्री बिक्री गर्दै आएको बार कोड नेपाल इंक प्रालिले अर्बिटाको उत्पादन नेपालमा आधिकारिक बिक्री गर्न थालेको हो। कारकोड नेपालले अर्बिटाको होटलहरुमा आवश्यक पर्ने होटल लक, मिनी फ्रिजर, मिनी लकर, इनर्जी सेभिङ स्विच लगायतका सामानहरुको बिक्री वितरण गरिरहेको छ।
अर्बिटाको उत्पादन मेरियट, हिल्टन, हायात, र्याडिसन, वारविक लगायतमा प्रयोग भइरहेको छ। हाल विश्वभर करिब २० हजार स्तरीय होटलमा अर्बिटाको उत्पादनहरु प्रयोग हुने गरेका छन्।
नेपालको बजारमा केही वर्षदेखि अर्बिटाका सामान उपलब्ध भएपनि आधिकारिक विक्रेता नहुँदा कम्पनिबाट प्राप्त हुने वारेन्टी, मर्मत, छुट लगायतका सुविधाबाट ग्राहक बञ्चित हुने गरेका थिए।
बारकोड नेपाल र अर्बिटाको औपचारिक सहकार्यपछि अब ग्राहकले कम्पनीले दिने सबै सुविधा सहजै रुपमा पाउन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।