काठमाडौं- सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ।
दराजको महाबचत बजार योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार ५०० रूपैयाँसम्मको छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ। साथै, क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम दुई हजार रूपैयाँसम्मको छुट प्राप्त गर्नसक्ने पनि उल्लेख गरिएको छ।
यो योजना यही साउन ३ देखि ७ गतेसम्म लागू हुने बैंकले जानकारी दिएको छ। उक्त समझदारीपत्रमा सानिमा बैंकका डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमु प्रालिका डिजिटल पेमेन्ट पार्टनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।