काठमाडौं– जनवादी गायक तथा संगीतकार रामेश श्रेष्ठले शनिबार राजधानीमा एकल सांगीतिक प्रस्तुति गरेका छन्।
राष्ट्रिय नाचघरमा ‘युगीन आवाज’ नामक एकल सांगीतिक साँझमा रामेशले ‘गाउँगाउँबाट उठ’ सहित आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका मन्त्रीहरु सहभागी रहेको कार्यक्रममा गायक रामेशलाई अभिनन्दन गरिएको थियो। गायक रायनलाई पनि सम्मान गरिएको थियो।
सो क्रममा प्रधानमन्त्री ओलीले रामेशहरुले देशका लागि गाएको गीतले सार्थकता पाएको भन्दै सबैको योगदानले देशमा परिवर्तन आएको बताए।
उनले भने, 'अब हामी समृद्ध नेपाल, सुखी नेपाली बनाउछौं। कलाकारहरुले अब निराशाका गीत गाउनुपर्दैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।