• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

क्यारेबियन सागरमा बेपत्ता ७ नेपालीको कथा : श्रीमान युक्रेन र श्रीमती नेपालमा बसेर मानव बेचबिखनमा संलग्न

64x64
नारायण अधिकारी बिहीबार, असार ३१, २०७८  १८:३५
1140x725
उद्धार गरिएका म्याग्दीका प्रकाश बिक र उपचाररत व्यक्ति (बाँयाबाट)।

काठमाडौं- अवैध बाटो हुँदै अमेरिका हिँडेका ७ नेपाली कोलम्बियास्थित क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएको घटनामा संलग्न भएको आरोपमा दाङकी गोमा जिसी पक्राउ परेकी छिन्। जिसीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दाङबाट पक्राउ गरी बिहीबार काठमाडौं ल्याइपुर्‍याएको छ। 

असार ७ गते डुंगा दुर्घटना भएर ७ नेपाली बेपत्ता भएको घटना बाहिरिएपछि उनीहरुलाई अमेरिका पठाउने एजेन्टको खोजी सुरु भएको थियो। सो क्रममा गोमा सिनमा देखिएकी थिइन्। विभिन्न प्राविधिक पाटोबाट अनुसन्धान गर्दा काठमाडौंका विभिन्न स्थानमा देखिए पनि उनी पक्राउ पर्न सकेकी थिइन्। 

काठमाडौंबाट जहाज चढी दाङ पुगेको सूचना पाएपछि प्रहरीले उनलाई दाङबाट पक्राउ गरी आज काठमाडौं ल्याएको हो। उनीमार्फत् नै अवैध तरिकाले अमेरिका जान लागेकाहरुमध्ये ७ जना कोलिम्बयाको क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका थिए। बेपत्ता हुनेहरुमा दाङका एन्जल बुढामगर, दाङ पश्चिम हापुरेका रेशम डिंगामगर, दाङ तुलसीपुरकै हेमराज अधिकारी, पर्वत कुश्माका दिनेश गौतम, राजु गुरुङलगायत छन्। म्याग्दीका प्रकाश विकको भने सकुशल उद्धार भएको थियो।

एन्जलले २७ लाख ७२ हजार, हेमराजले २५ लाख रुपैयाँ गोमाका पति टोपबहादुरलाई बुझाएको देखिएको ब्यूरोका एक अधिकारीले बताए। रकम बुझाएको रसिद समेत फेला परेको ब्यूरो स्रोतले जानकारी दिएको छ। 

उनीहरुलाई भिजिट भिषामा दुबई पुर्‍याई विभिन्न देश हुँदै कोलम्बिया पुर्‍याइएको थियो। दुबईमा जिसीकै फ्ल्याटमा उनीहरुलाई १ महिना राखिएको थियो।

श्रीमान युक्रेन, श्रीमती नेपाल बसेर मानव बेचबिखन
यस घटनामा संलग्न रहेका भनिएका टोपबहादुर जिसी र गोमा जिसी श्रीमान श्रीमती हुन्। उनीहरु दुवै जनाको मिलेमतोमा मानव बेचबिखनको घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।  नेपालबाट विभिन्न प्रलोभन देखाएर अमेरिकाको आकर्षण देखाउने काममा गोमाले सहयोगी भूमिका खेल्ने गरेको ब्यूरोका प्रवक्ता तथा एसपी अनुरागकुमार द्विवेदी बताउँछन्। 

अवैध बाटो हुँदै अमेरिका जानेहरुबाट लिएको रकम समेत गोमाको बैंक खातामा जम्मा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनको बैंक खातामा ७ लाख रुपैयाँ भन्दा बढी जम्मा भएको देखिएको ब्यूरोले जनाएको छ। पीडित परिवारका आफन्तले पनि विभिन्न व्यक्तिमार्फत् गोमालाई रकम दिएको र अनुसन्धानबाट पनि रकम लिएको खुलेपछि उनलाई पक्राउ गरिएको द्विवेदीले जानकारी दिए। 

नेपाल भन्दा बाहिरको बन्दोबस्त भने गोमाका श्रीमान टोपबहादुरले गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। विभिन्न देश हुँदै अमेरिका पुर्‍याउने काममा उनको प्रत्यक्ष संलग्नता रहेको पाइएको छ। उनको संलग्नता रहेको पाइएपछि अनुसन्धानमा जुटेको प्रहरीले टोपबहादुर भने हाल युक्रेनमा बसेर मानव बेचबिखनको सञ्जाल चलाउने गरेको पत्ता लगाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उनी कहिले युक्रेन पुगे भन्नेबारे यकिन भने भइनसकेको प्रहरी अधिकारी बताउँछन्। इन्टरपोलमार्फत् उनीबारे थप बुझ्ने प्रयास भइरहेको द्विवेदीले बताए। 

यसअघि पनि मानव बेचबिखनमा पक्राउ परेका थिए जिसी
हाल युक्रेनमा रहेका भनिएका टोपबहादुर यसअघि पनि मानव बेचबिखनको आरोपमा पक्राउ परेर धरौटीमा छुटी पुन: मानव बेचबिखनमा लागेको पाइएको छ। 

दाङकै एक व्यक्तिलाई नेपालबाट अवैध बाटो हुँदै अमेरिका पुर्‍याएको घटनामा उनी पक्राउ परेका थिए। ती व्यक्तिलाई नेपालबाट जमुनाह नाका हुँदै दिल्ली, रसिया, स्पेन, बोलिभिया, पेरु, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै जिसीले अमेरिका पुर्‍याएका थिए।

मासिक ५ हजार अमेरिकी डलर कमाई हुने र केही समयमा ग्रिनकार्ड समेत पाउने प्रलोभन देखाएर जिसीले ती व्यक्तिलाई अमेरिकाको सपना देखाएका थिए। त्यसपछि ती व्यक्तिले सुरुमा १५ लाख ९७ हजार रुपैयाँ जिसीलाई दिएका थिए। पछि पटक पटक गरी अमेरिका पुग्दासम्म ५५ लाख ९७ हजार रकम ती व्यक्तिले जिसीलाई बुझाएका थिए।

Xtrem

Xtrem

रकम बुझाएपछि २०७३ चैतमा ती व्यक्तिलाई नेपालबाट भारत पुर्‍याइएको थियो। त्यसपछि विभिन्न देश हुँदै अमेरिका पुर्‍याइएको थियो। अमेरिकी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरी १७ महिनासम्म जेल हालेको थियो। पछि दूतावासमार्फत् रिहा भएर उनी नेपाल डिपोर्ट भएका थिए। नेपाल फर्केपछि जिसीविरुद्ध मानव बेचबिखनमा ती व्यक्तिले जाहेरी दिएका थिए। 

जोहरी परेसँगै घोराही उपमहानगरपालिका–१५ का जिसी २०७६ वैशाख ६ गते मानव बेचबिखन मुद्दामै पक्राउ परेका थिए। उनी ३ महिनापछि असार ४ गते १५ लाख धरौटी तिरी रिहा भएका थिए। जिसीले उच्च अदालतमा जिल्ला अदालतले आदेश गरेको १५ लाख धरौटी फिर्ता गरी पाउँ भनि पुनरावेदन समेत दिएका थिए।

यसरी धरौटी तिरेर रिहा भएका जिसी नै अहिले फेरि मानव बेचबिखनको घटनामा संलग्न हुनु गम्भीर रहेको एसपी द्विवेदी बताउँछन्। ‘धरौटीमा रिहा नभएको भए सायद अहिले कोलम्बिया डुंगा दुर्घटनामा नेपाली पर्दैनथिए होला। तर, धरौटीमा रिहा भएकै व्यक्ति पुन: मानव बेचबिखनमा संलग्न हुँदा यस्ता गम्भीर घटना दोहोरिए’ द्विवेदीले भने।

१५८ नेपाली अमेरिकाबाट डिपोर्ट
लाखौं खर्च गरेर र अनेक चुनौती मोल्दै अवैध तरिकाले अमेरिका जाने क्रम रोकिएको छैन। अमेरिकाबाट डिपोर्ट भएकाहरुको तथ्यांकले यो पुष्टि गर्छ। आर्थिक वर्ष २०७५/७६ मा मात्रै ४५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। डिपोर्ट भएका सबै ४५ जना पुरुष हुन्। उनीहरु विभिन्न मुलुक हुँदै अवैध तरिकाले अमेरिका छिरेका थिए। 

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा डिपोर्ट हुनेको संख्या बढेर ८३ पुगेको थियो। डिपोर्ट हुनेमध्ये २ जना महिला थिए। आर्थिक वर्ष २०७७/७८ मा भने ३० जना डिपोर्ट भएको तथ्यांक छ। डिपोर्ट भएकामध्ये २ जना महिला छन्। सोही आर्थिक वर्षमा अमेरिका छिर्न लागेका ७ जना कोलम्बियामा डुंगा दुर्घटना भएर बेपत्ता भएका छन्। एक जनाको उद्धार गरी कोलिम्बयामै उपचार भइरहेको छ। 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार शनिबार, असोज १०, २०८३
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई शनिबार, असोज १०, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्