काठमाडौं- एनएमबि बैंकको ‘एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या एक हजार पुगेको छ। जसअन्तर्गत ६ करोड भन्दा बढी कर्जा प्रवाह भइसकेको बैंकले जनाएको छ।
उक्त कर्जा अन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपबिना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ। यो सेवा बैंकसम्म नधाइकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेट भित्र नै प्राप्त गर्न सकिन्छ।
एनएमबि सापटी योजनामार्फत् जनचेतना अभिवृद्धिको साथै स–साना कर्जामा केन्द्रित रहेर ग्राहकहरुलाई डिजिटल कर्जा प्रवाह गरिरहेको बताएको छ।
एनएमबि बैंकमा तलब खाता हुने र व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिनासम्मको लचिलो अवधिसहित क्रमशः १ लाख र २ लाख रुपैयाँसम्म चाैबीसै घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराउने गरिएको बैंकको भनाइ छ।
ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आदि आफ्नो सहजताको आधारमा छनोट गर्न सक्ने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।