काठमाडौं- मानसिक अस्पताल पाटनमा कार्यरत कन्सल्ट्यान्ट साइक्याट्रिक डा सुदिप अर्याल मृत फेला परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार उनी आइतबार दिउँसो बुढानिलकण्ठस्थित एक होटलमा मृत फेला परेका हुन्।
एसपी बस्नेतका अनुसार मृतकको कोठमा विष फेला परेको छ। यद्यपि,अर्यालको मृत्यु के कारण भएको हो भन्ने विषयमा पोष्टमार्टम गरेपछि मात्र थाहा हुने उनले बताए।
अर्याल केही महिना अघि मात्र नवौं तहमा बढुवा भएर मानसिक अस्पतालमा पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।