काठमाडौं- पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा विधानगर घर भई काठमाडौं बसुन्धारा बस्दै आएका ३१ वर्षीय जयप्रकाश महतो रहेका छन्।
नयाँ बानेश्वर इलाका हतियार बेच्न हिँडेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई कात्यानीबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतनका अनुसार महताेले प्लाष्टिकको झोलाभित्र गम्छा र रुमालले बेरेर मेड इन युएसए लेखेको म्याग्जिनसहितको पेस्तोल बोकेर हिँडेका थिए।
यादवविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।