काठमाडौं– महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव शौचालयको सेप्टिक ट्याङ्कमा भेटिएको छ।
गत जेठ २० गतेदेखि हराएकी सुजिताको शव आइतबार शौचालयको सेप्टिक ट्याङ्कमा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी दिए। सुजिताको शव आफ्नै पेट्रोल पप्प नजिकको शौचालयको सेप्टिक ट्याङ्कमा भेटिएको हो।
शव सुजिताकै रहेको भनेर उनका आफन्तले सनाखत समेत गरिसकेको प्रहरीले जनाएको छ।
उनी गत जेठ २० गतेदेखि वेपत्ता भएकी थिइन्। सुजिताका माइती पक्षले हत्या गरेर उनको शव फालेको भन्ने आरोप लगाएको छ।
उनको शव भेटिएपछि प्रहरीले सुजिताका श्रीमान् मुकेश ठाकुरसहित ५ जनालाई पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।