काठमाडाैं- धारिलो हतियार प्रहार गरी दाजुकाे हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ।
बिराटनगर महानगरपालिका-५ पृथ्वी चोक बस्ने ४२ वर्षीय भोला सिंहलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनकै भाइ ३१ वर्षीय साजन सिंहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हाे।
घरायसी विवादमा शुक्रबार राति साजनले चक्कु प्रहार गर्दा भोला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
भोलाको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।
साजन उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।