काठमाडाैं- युरोकप फुटबल प्रतियोगिताका खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
अनलाइनको माध्यमबाट प्रत्येक खेलमा सट्टेबाजी खेलाउने गरेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-५ थसिखेल बस्ने ३२ वर्षीय दिप्जल ढुंगाना, सोही महानगरपालिका-२ सानेपा बस्ने २६ वर्षीय आशिष सिंह, सोही महानगरपालिका-११ कोवाहाल बस्ने ४२ वर्षीय राजु महर्जन, सोही महानगरपालिका-१६ धापागल बस्ने ३८ वर्षीय बिनोद महर्जन र सोही महानगरपालिका-१२ टंगाल बस्ने २९ वर्षीय सफिर राज राजकर्णिकार रहेका छन्।
प्रहरीले सट्टेबाजीमा प्रयोग भएका मोबाइलहरु समेत बरामद गरेकाे छ।
उनीहरू उपर सट्टेबाजी गर्न नहुने सम्बन्धि कसूर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।