काठमाडौं- सामसङले हालै नेपाली बजारमा बिङमोन्स्टरअन्तर्गत ग्यालेक्सी एम३२ स्मार्ट फोन भित्र्याएको छ।
उक्त फोनमा ६.४ एफएचडी प्लस सुपर अमोल्ड डिस्प्ले ६ हजार एमएएच ब्याट्री तथा ६४ एमपी क्वाड क्यामरा जस्ता विशेषताहरू रहेको कम्पनीले जानकारी दिएको छ।
‘यो नयाँ स्मार्ट फोनले वास्तवमै नयाँ युवाहरूका मुभी, गेम, सोसल मिडिया जस्ता सम्पूर्ण आवश्यकताहरूलाई यो सहजै पूरा गर्न सक्दछ। यसमा ९० एचजेड रिफ्रेस रेटको साथ ६.४ इन्चको एफएचडी प्लस सुपर अमोल्ड रहेको छ। यसमा भएको सुविधाले न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई सिनेम्याटिक भ्युको जीवन्त अनुभवसमेत प्रदान गर्दछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘हामी सामसङ नेपालमा निरन्तर उत्कृष्ट फिचरहरूका साथ नयाँ–नयाँ विशेषतायुक्त स्मार्टफोनहरूको विकास गर्न लागिपरेका छौं। यसै सिलसिलामा हामीले मोन्स्टर लेगेसीलाई निरन्तरता दिन नयाँ बिङमोन्स्टरका साथ उपस्थित भएका छौं, जसमा ब्राइटेस्ट तथा अझै शक्तिशाली डिस्प्ले, ६००० एमएएच ब्याट्री तथा भर्साटाइल ६४ मेगा पिक्सलको क्वाड रियर क्यामरा रहेको छ,’ सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणयरत्न स्थापितले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।