काठमाडौं- सर्वोत्तम समेन्ट लिमिटेडले नेपाल गुणस्तरबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ।
नवलपरासीमा अवस्थित उद्योगले पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको दाबी गरेको छ।
स्थापनाको केही समयमा नै उत्कृष्ट उत्पादन तथा गुणस्तर पस्केको दाबी गर्ने उद्योगले अब ४३ ग्रेडका सिमेन्ट उत्पादन गरी गुणस्तरमा एक नयाँ आयाम प्राप्त गरेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।