काठमाडौं- पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले अफगानिस्तानको वर्तमान अवस्था अत्यन्त खराब रहेको भन्दै आफ्नो देशमा पनि सतर्कता अपनाउन पर्ने बताएका छन्।
सिनेट विदेश मामिला समितिको शुक्रबार बसेकाे बैठकमा युसुफले तालिबानका कारण देशमा शरणार्थी बढ्ने खतरा रहेको भन्दै सतर्कता अपनाउन आवश्यक रहेको बताए।
‘अफगानमा तालिबानको आक्रमण बढेसँगै उनीहरु शरणार्थी भएर पाकिस्तान प्रवेश गर्नसक्नेतर्फ ध्यान दिन जरुरी छ। पाकिस्तानमा उनीहरुलाई धान्न सक्दैन। यता, संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले पनि अफगानी शरणार्थीहरूको लागि शिविर स्थापना गर्न आवश्यक छ,’ उनले भने।
यस्तै, अफगानबाट सैनिक फिर्ता लैजाने अमेरिकाको निर्णयबाट पाकिस्तान खुशी नभएको समेत उनले बताए। ‘अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लिने निर्णयबाट पाकिस्तान चिन्तित छ। अफगानिस्तानमा गृहयुद्धको हुन सम्भावना छ र बढ्दो हिंसाले नकारात्मक असर पर्नेछ,’ उनले भने।
उनले अमेरिकाले अफगानलाई कुनै आर्थिक सहयोग उपलब्धता नगराउने शंका गरे।
‘अमेरिकी सरकारले अफगानिस्तानलाई कुनै पनि किसिमको आर्थिक प्याकेज दिन्छ भन्ने मलाई लाग्दैन। यस्तो अवस्थामा पाकिस्तानले चारै तिर भूमिले घेरिएको
देशसँग मात्रै व्यापार गर्छ,’ उनले भने।
सोही बैठकमा पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरेसीले यदि अफगानिस्तानमा गृहयुद्ध सुरु भए आफ्नाे देशले शरणार्थीलाई सम्हाल्न सक्ने स्थितिमा नरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।