काठमाडौं- सामसङले पहिलोपटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसका साथ एआई प्रविधियुक्त लन्ड्री केयर वासिङ मेसिन नेपाली बजारमा भित्र्याएको छ।
फुल अटोमेटिक फ्रन्टलोड वासिङ मेसिनमा इकोबब्बल प्रविधिको संयोजन गरिएको कम्पनीले जनाएको छ। जसले गर्दा कपडालाई ४५ प्रतिशत थप सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ ।
‘गुणस्तरीय धुलाइका लागि यो नयाँ मोडेलमा हाइजिन स्टिम प्रविधिको प्रयोग गरिएको छ, यस प्रविधिले ९९.९९ प्रतिशत ब्याक्टेरिया तथा एलर्जिनहरू हटाउन सक्छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यी नयाँ मोडलका वासिङ मेसिनले प्रयोगकर्ताहरूको लुगा धुने व्यवहारलाई बुझेर सबैभन्दा भरपर्दो वासिङ साइकलको विकल्प प्रदान गर्दछ।
सामसङले कस्टोमाइज गरिएको आर्टिफिसियल इन्टिलिजेन्सयुक्त लुगा धुने मेसिनहरू तीनवटा विभिन्न भेरियन्टमा उपलब्ध गराएको छ। यसमा ग्राहकले आफू अनुकूल कस्टमाइज लन्ड्री प्रोसेस तय गर्नसक्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।