काठमाडौं- आज तिनाउ, बबई र यिनका सहायक नदीहरुमा बहाब बढ्ने र केही साना नदीमा आकस्मिक बाढी आइ सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहानको मापन अनुसार महाकाली, कर्णाली, नारायणी, कोशी र सहायक नदीहरुमा बहाव सामान्य रहेको र सवैमा सतर्कता तहभन्दा तलै रहेकोछ।
आज कन्काई, कमला, बागमती, पूर्वी राप्ती लगायतमा बहाव समान्य घटबढ हुने तथा पश्चिम राप्ती, तिनाउ, बबई र यिनका सहायक नदीहरुमा बहाब बढ्ने र केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ।
प्रदेश १ को संखुवासभा, सोलुखम्बु, भोजपुर, ओखलढुङ्गा, तेह्रथुम, खोटाङ, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, प्रदेश २ को सप्तरी, पर्सा, सिराहा, धनुषा, बागमती प्रदेशको दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवन, काठमाडौं, धादिङ, मकवानपुर, सिन्धुली, गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा, पर्वत, नवलपुर, बाग्लुङ, कास्की, मनाङ लुम्बिनी प्रदेशको पाल्पा, रुकुम पूर्व, कपिलवस्तु, नवलपरासी, बर्दिया, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके, बर्दिया, दाङ,प्युठान कर्णाली प्रदेशको जाजरकोट, सुर्खेत, कालिकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, अछाम, बाजुरा आसपास जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।
देशका विभिन्न स्थानमा पानी पर्ने र रोकिने क्रम चलिरहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।