तस्वीर: निरोज चौलागाईं
काठमाडौं- अविरल वर्षाले काभ्रेपलाञ्चोकको बनेपा डुवानमा परेको छ।
बनेपाको पुलबजार क्षेत्र डुवानमा परेको हो। बिहीबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले पुलबजार क्षेत्र प्रभावित बनेको हो।
बाढीका कारण अरनिको राजमार्ग हुँदै बनेपातर्फ जाने सवारी प्रभावित बनेको छ। अहिले स्काभेटरको सहयोगमा खोलाबाट पानीको निकास कटाउन थालिएको छ।
ठूलो वर्षा भएसँगै हरेक वर्ष पुलबजार क्षेत्र जलमग्न हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।