काठमाडाैं- महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन्।
प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट दुई पुरुष र एक युवतीलाई रंगेहात पक्राउ गरिएकाे हाे।
गस्ती गएको प्रहरीले प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट निर्वस्त्र अवस्थामा उनीहरुलाई पक्राउ गरेकाे स्रोतले बतायो।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक पाङ्ग्रेटार घरभई भक्तपुर बस्ने ४१ वर्षीय गाडी चालक, सुनकोशी गाउँपालिका-६ का ३८ वर्षीय उनका नातेदार र दोलखाकी २१ वर्षीय युवती छन्।
प्रहरीले चालक र युवतीलाई बुधबार राति नै पक्राउ गरेको हाे। चालकका नातेदार प्रहरी देख्ने बित्तिकै फरार भएका थिए। उनलाई बिहीबार नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।