ललितपुर- ललितपुर जिल्ला अदालतले पाँच वर्षभित्र सबै कागजातहरु डिजिटल प्रणालीमा रूपान्तरण गर्ने घोषणा गरेको छ। अदालतले आफ्ना सबै कागजातलाई डिजिटल प्रणालीमा लैजाने नीतिमा उल्लेख प्रगति गरेको प्रमुख न्यायाधीश किरणप्रसाद सिवाकोटीले बताए।
अदालतमा रहेका ६८ हजार एक सय ४८ थान मिसिलहरुमध्ये ६६ हजार ६ सय ६३ वटालाई सफ्टवेरमा चढाइएकाले अरु प्रक्रियामा रहेको दाबी गरे। अदालतले १९५८ देखिका फैसला डिजिटल गर्ने कार्य अदालतले थालेको बताए।
त्यस्तै, अभिलेमा रहेकामध्ये ५३ हजार २ सय ६९ थान मुद्दाको कागजात नष्ट गरिएको छ। त्यसमा ११ हजार ६ सय ६२ मिसिलहरुलाई स्क्यान गरी डिजिटाइज्ड गरिएको श्रेष्तेदार विष्णु पाण्डेयले बताए।
पाँच वर्षभित्र अदालतलाई पूर्ण रुपमा डिजिटाइज गर्ने योजना रहेको उनको भनाइ छ। त्यस्तै पोकामा राखिने अभिलेखलाई सुधार गरी व्यवस्थित गर्दै बाकसमा राखिएको छ। अदालतले लक्ष्यभन्दा ४६३ गुणा बढी जरिवाना असुल गर्न सफल भएको उनले बताए। आर्थिक वर्ष २०७७/७८ का लागि निर्धारण गरिएको लक्ष्यभन्दा धेरै बढी जरिवाना प्रतिवादीहरुबाट असुल गरेको हो।
यस वर्षका लागि अदालतले ५८ करोड ६३ लाख १३ हजार आठ सय ४१ मध्ये तीन करोड १६ लाख ६८ हजार चार सय ८१ रुपैयाँ असुल गर्ने लक्ष्य राखे पनि यो वर्ष १४ करोड ६९ लाख १५ हजार चार सय २५ रुपैयाँ असुल गरेको श्रेष्तेदार पाण्डेयले बताए।
कैदतर्फ पनि १४२ प्रतिशत बढी असुल भएको आदलतले जनाएको छ। जिल्ला अदालतले यस वर्ष लगतको जम्मा ४२ प्रतिशत मात्रै मुद्दा फर्छ्योट गरेको छ। ३ हजार आठ सय ५६ मध्ये एक हजार ६ सय मुद्दा फैसला भएका छन्।
कोरोना महामारीका कारण मुद्दा फर्स्याेट कमी आएको श्रेष्तेदार पाण्डेयले बताए। गत पुस १ गतेदेखि मात्रै अदालत खुलेको अवस्थामा वैशाखपछि फेरि लकडानउ हुँदा अपेक्षित रुपमा मुद्दा फैसला हुन नसकेको प्रमुख जिल्ला न्यायाधीश सिवाकोटीले बताए।
अघिल्लो आर्थिक वर्षबाट आएका १ हजार ८५५ मध्ये ९६६ अर्थात् ५२ प्रतिशत र चालु आर्थिक वर्षमा दर्ता भएका २ हजार १ मध्ये ६४० अर्थात् ३२ प्रतिशत मुद्दा फैसला भएका छन्। मिलापत्रमा पठाएकामध्ये २५ प्रतिशत मुद्दा त्यसैमार्फत् छिनिएका छन्।
इजलासले ५४७ थान मुद्दा मेलमिलापका लागि पठाएकोमा १०८ वटा त्यसैमार्फत् टुंगिएका छन् भने १२२ थान मेलमिलापको प्रक्रियामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।