काठमाडौं- सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ विभिन्न १४ देशका पछिल्लो शताब्दीका १९ जना प्रसिद्ध न्यायाधीशको सूचीमा अटाएका छन्।
क्याम्ब्रिज युनिभर्सिटी प्रेसले हालै प्रकाशित गरेको पुस्तकमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई अमेरिका, बेलायत, भारत, सिंगापुर, दक्षिण अफ्रिकालगायत देशका नामी न्यायाधीशहरूसँगै ‘टावरिङ जजेज’मा सूचीकृत गरिएको छ।
विभिन्न १४ देशका पछिल्लो शताब्दीका १९ जना प्रसिद्ध र न्यायाधीशबारे लेखिएको छ।
अस्ट्रेलियाका प्रधानन्यायाधीश सर एन्थोनी मेसन (सन् १९७२-९५), भारतका प्रधानन्यायाधीश पीएन भगवती (१९७३-८६), दक्षिण अफ्रिकाका प्रधानन्यायाधीश आर्थर चास्कलसन (१९९४-२००५), बेलायतको सर्वोच्च अदालतकी अध्यक्ष लेडी हेल (२००९-२०२०), अमेरिकाका प्रधानन्यायाधीश र न्यायाधीशहरू अर्ल वारेन (१९५३–१९६९), चाल्र्स इभान्स ह्युजेस (१९३०-१९४१), विलियम ब्रेनन (१९५६-९०), ह्यूगो ब्ल्याक (१९३७-१९७१), ओवेन रोबेर्ट्स (१९३०-१९४५) सँगै नेपालका श्रेष्ठलाई ‘टावरिङ जजेज्’को सूचीमा राखिएको छ।
‘चाइनिज युनिभर्सिटी अफ हङकङ’की सह-प्राध्यापक डा.मारा मालगोडी यो पुस्तक लेखेकी हुन्।
संवैधानिक कानुन र नीतिको तुलनात्मक अध्ययन शृंखलाअन्तर्गत क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशन गरेको यो पुस्तकका सम्पादक ‘चाइनिज युनिभर्सिटी अफ हङकङ’कै सह-प्राध्यापक रेहान अबेरत्ने र ‘कलेज अफ ल एन्ड बिजनेस, इजरायल’का सह-प्राध्यापक इद्दो पोराटा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।