चितवन- चितवनको माडीमा माडी-नारायणगढ सडकखण्ड अवरोध अवरुद्ध भएको छ।
बुधबार रातिदेखि परेको अविरल वर्षापछिको बाढीका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वर्षाको कारण माडीका विभिन्न वडा बाढीबाट प्रभावित भएको हो।
चितहरी, मगै, रतही लगायतका खोलमा बाढ आउँदा माडीबाट नारायणगढतर्फको बाटो अवरुद्ध भएको हो। बाढीले माडीमा रहेको चेपाङ बस्ती डुवानमा परेको छ। माडी नगरपालिका ७ को परुई खोलामा बाढी आउँदा चेपाङ बस्ती डुबानमा परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।