काठमाडौं- बोलेरो जीपमा फल्स बटम बनाएर गाँजा तस्करी गरेको आरोपमा मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका–६ का २६ वर्षीय सञ्जय चौधरी र सोही ठाउँका ४८ वर्षीय लालजी साह छन्।
बुधबार साँझ ६ बजे प्रहरी चौकी रातोमाटाबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा हेटौँडा उपमहानगरपालिका-१५ पिपल चौतरास्थित पूर्व-पश्चिम राजमार्गबाट उनीहरुलाई ५७ किलो ९ सय ग्राम गाँजासहित पक्राउ गरेको हो।
चितवनबाट बारातर्फ जाँदै गरेको ना ४ च ५०१५ नम्बरको बोलेरोमा उनीहरु फल्स बटम बनाई उक्त गाँजा तस्करी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये चौधरी बोलेरो चालक हुन् हुने साह बोलेरोमा गाँजा आसोर्ने व्यक्ति हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।