तनहुँ- तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन्।
ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनसार आज बिहान साढे ५ बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरा खस्दा पुरेको हो। “श्रृङ्गपथ तलबाट पहिरो खसेको छ”, उनले भने। बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।