काठमाडौं- नयाँ बसपार्क र कंलकीबाट यात्रु ठगी गर्ने १० जनालाई ट्राफिक प्रहरीको विशेष अपरेसन टोलीले पक्राउ गरेको छ।
माछापोखरी र नयाँ बसपार्कबाट पक्राउ पर्नेमा स्याङजाका वर्ष ३३ को लेखबहादुर गुरूङ, स्याङजाकै वर्ष १८ को सौगात सुनार, कास्की पोखराका वर्ष २३ को सन्तोष सुनार, सिन्धुपाल्चोकका वर्ष २३ को विज्ञान माझी र धादिङका वर्ष २९ को निराजन सापकोटा रहेका छन्।
त्यस्तै, कंलकीबाट धादिङका वर्ष ३३ को पूर्ण बहादुर गन्द्रमा मगर, प्यूठानका वर्ष २६ को पदम गिरी, धनुषाका वर्ष २६ को रबि आले मगर, सल्यानका वर्ष २६ को खुमराज विक र नवलपारासीका वर्ष ३२ को दिपक काफ्लेलाई पक्राउ परेका छन्।
अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग चर्को भाडा र शुल्क असुल्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।
पक्राउ परेका ती व्यक्ति र सवारी साधनहरू ग १ ख ५३१० हायस, ग १ ज ३८४३ ट्याक्सी, बा ५ ख १४५१ हायस, बा १४ च ७५६२ स्कार्पियो, ग ३ च ४९४ स्कार्पियो, बा १९ च ३९६२ स्कार्पियो र बा १३ च ५००६ स्कार्पियोलाई आवश्यक कारबाहीको लागी प्रहरी बृत्त, नयाँ बसपार्क र कंलकी बुझाएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।