काठमाडौं– प्रहरीले तस्करीको सुनसहित एक व्यक्तिलाई सिनामंगलबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त गौशालाले धनुषाका श्याम सुन्दर यादबलाई बिहिबार पक्राउ गरेको हो।
उनको साथबाट १ सय ग्राम सुन र ३२ हजार ५ सय नगद बरामद भएको प्रहरीले जनाएको छ। बैदेशिक रोजगारीमा गएका व्यक्तिलाई भरियाका रुपमा प्रयोग गरी उनीहरुले सुन तस्करी गरेको प्रहरीले जनाएको छ।
उनीबाट २ वटा सुनका चुरा प्रहरीले बरामद गरेको छ। पक्राउ परेका उपर भन्सार कार्यालय विमानस्थलले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।