काठमाडाैं- लमजुङमा भूकम्पकाे धक्का महसुस भएकाे छ। बुधबार दिउँसो ३ बजेर ५७ मिनेटमा ४.२ म्याग्नेच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पकाे केन्द्रविन्दु लमजुङको काप्रेचौर आसपास रहेकाे छ।
यसअघि सोमबार बिहान काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु बनाएर ३.२ म्याग्नेच्युडको भूकम्प गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।