काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको दर कम हुँदै गएको जनाएको छ।
बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता कृष्णप्रसाद पौडेलले गत साताको तुलनामा कोरोना संक्रमणको दर कम हुँदै गएको जानकारी दिए।
उनका अनुसार नेपालमा अघिल्लो हप्ता भन्दा कोरोना संक्रमितको संख्या ९ देखि १० प्रतिशतले कमी आएको छ।
पौडेलका अनुसार नेपालसहित भारत, चीन, श्रीलंका लगायतका देशमा पनि संक्रमणमा कमी हुँदै आएको देखिएको छ। भुटान, श्रीलंकामा भने संक्रमितको संख्या बढिरहेको उनले बताए।
नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्यामा पनि कमी आइरहेको उनले जानकारी दिए।
मन्त्रालयका अनुसार नेपालमा शून्य संक्रमित भएको जिल्ला छैन भने ५ सय भन्दा बढी संक्रमित भएको जिल्लाको संख्या ९ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।