काठमाडौं – अभिनेत्री मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठ अभिनित फिलम ‘तिमि हुन्छौँ जहाँ जहाँ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम र विछोडका दृष्यहरु प्रश्तुत गरिएको छ।
बिकाश बस्यालको निर्देशनमा भएको ‘तिमि हुन्छौँ जहाँ जहाँ’मा मलिना र मनिषको जोडी दोस्रो पटक बाँधिएको हो । यसअघि मलिना र पनिष फिल्म ‘रानी’मा एकसाथ देखिएका थिए।
असार ८ बाट प्रर्दशनको तयारिमा रहेको फिल्ममा मलिना र मनिसका साथ स्वरुप पुरुष ढकाल, रबी गिरी, विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ।
फिल्ममलाई माधव घिमिरेको पटकथा तथा सम्वादका साथ रामशरण उप्रेतीको छायाँकन रहेको छ।
ट्रेलर भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।