काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले आज ७५ औं जन्मदिन मनाउँदैछन्। तर यसवर्ष जन्मदिन उत्सवकारुपमा नमनाउने निर्णय गरेको पूर्वराजा शाहले यसअघि नै विज्ञप्ति जारी गरेर जानकारी गराएका छन्।
कोरोना महामारीका कारण जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राखि २३ गतेको जन्मदिन उत्सवका रुपमा नमनाउने निर्णय गरेको उनले असार १६ गते विज्ञप्तिमार्फत जनाएका थिए।
पूर्वराजा तथा रानी कोमल शाह केही समयअघि कोरोना संक्रमणपछि लामो समय अस्पताल बसेर डिस्चार्ज भएका थिए र अहिले स्वास्थ्यमा सुधार आएको उनले विज्ञप्तिमा जनाएका छन्।
राजा महेन्द्रका माहिला छोरा ज्ञानेन्द्रको २००४ साल असार २३ गते जन्म भएको थियो। २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नाश भएपछि उनी राजा बनेका थिए।
राजाभएसँगै उनले ०६१ माघ १७मा शासनसत्ता आफ्नो हातमा लिए। उनको कदमविरुद्ध राजनीतिक दलहरुले आन्दोलन गरे। आन्दोलनबाट संसद पुन स्थापना भएपछि देशमा गणतन्त्र घोषणा भएको थियो। गणतन्त्र घोषणा भएसँगै अन्तिम शाह वंशीय राजको रुपमा उनले नारायणहिटी छोडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।