काठमाडौं- आज कोशीका सहायक नदीहरु सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर लगायतमा बहाव केही बढ्ने, नारायणी र यसका सहायक नदीहरु विशेषगरी त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी तथा कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ लगायतमा बहाब उल्लेख्य बढी केहीमा सतर्कता तह पुग्न सक्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य रहेको तथा सबैमा बहाव सतर्कता तह भन्दा तलै रहेको महाशाखाले जनाएको छ।
आज पश्चिम राती, बबई लगायतमा बहाब सामान्य घटबढ हुने छ भने कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ जलाधारका स-सना सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केही साना नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ।
आज प्रदेश १ को संखुवासभा, सोलुखम्बु, खोटाङ, भोजपुर, ओखलढुङ्गा, उदयपुर, सुनसरी, पाँचथर, ताप्लेजुङ, मोरङ, तेह्रथुम, इलाम, झापा, धनकुटा, प्रदेश २ को सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, बागमती प्रदेशको सिन्धुली, मकवानपुर, चितवन, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, रसुवा, गण्डकी प्रदेशको गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, नवलपुर, मनाङ, मुस्ताङ, लुम्बिनी प्रदेशको नवलपरासी, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको रुकुम पश्चिम, सल्यान, जाजरकोट, कालिकोट, दैलेख, सुदूरपश्चिम प्रदेशको डोटी, दार्चुला, बझाङ, अछाम, कैलाली र आसपास जिल्ला भई बने स-साना नदीजलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।