दमक– वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले झापाबाट दुई जनालाई पक्राउ गरेको छ। कचनकवल गाउँपालिका–३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु रहेका छन्। पक्राउ परेका दुबैसहित आठ जनाले सोमबार अभिमुक्तेश्वर सामुदायिक वनमा हरिण मारेको प्रहरीले जनाएको छ।
हरिण मारेर घरमा छाला सुकाइरहेको खबर पाएपछि पथरिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर हास्दा र टुडुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए।
सो घटनामा संलग्न अन्य व्यक्ति फरार रहेको र उनीहरुको खोजतलास भइरहेकोे थापाले बताए। पक्राउ परेका दुबै जनालाई डिभिजन वन कार्यालय झापामा बुझाइने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।