काठमाडौं- श्रीलंकन टेक्नोलोजिकल क्याम्पस (एसएलटीसी)ले आठ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को पहलमा छात्रवृत्ति आवेदन दिने समय आठ दिन थप गरिएको जनाएको छ।
यसअघि ३० जुन २०२१ सम्म छात्रवृत्तिका लागि आवेदन दिन पाइने समय भए पनि इक्यानको पहलमा छात्र वृत्तिका लागि आवेदन दिन समय थप गरी ८ जुलाई २०२१ सम्म पुर्याइएको छ।
छात्रवृत्तिका लागि आवेदन दिन चाहने इच्छुक नेपाली विद्यार्थीहरूलाई थप गरिएको समय सीमाभित्र आवेदन दिनसक्ने इक्यानले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।