एजेन्सी– केही समयअघि कृष्णसार प्रकरणमा विवादित बनेका बलिउड सुपरस्टार सलमान खान पुनः विवादमा मुछिएका छन्।
विश्व हिन्दु परिषद्का पूर्व अन्तर्राष्ट्रिय अध्यक्ष प्रवीण तोगडियाको नयाँ संगठन ‘हिन्दु ही आगे’का आग्रा इकाइ प्रमुख गोविन्द पाराशरले सलमानलाई सार्वजनिक रुपमा कुट्नेलाई पुरस्कारको घोषणा गरेका छन्। तोगडियाले सलमानलाई सार्वजनिक रुपमा कुट्नेलाई रु २ लाख रुपैयाँ पुरस्कार घोषणा गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ।
तोेगडियाले सलमानमाथि हिन्दुको भावनामा ठेस पुग्ने काम गरेको आरोप लगाएका छन्। उनका अनुसार सलमानको फिल्म निर्माण कम्पनीले बनाउन लागेको फिल्मको नाम 'लभरात्रि' छ। तोगडियाले जानाजान हिन्दुहरुको भावनामा ठेस पुर्याउन नवरात्रिको अवसरमा फिल्म रिलिज गर्न लागिएको बताएका छन्।
हिन्दु परिषद्का कार्यकर्ता सहितको टोलीले आग्राको फिल्म हलमा पुगेर सलमानको फिल्मका पोस्टर जलाउनुका साथै उनीविरुद्ध नाराबाजी गरेका छन्।
फिल्म आउँदो अक्टोबरमा रिलिज हुँदैछ। तर फिल्मको सेन्सर पास भएमा यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने परिषद्ले चेतावनी पनि दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।