काठमाडौं- सशस्त्र प्रहरी बल नेपालका दुई जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। एसएसपी कालिदास धौबजी र कुमार न्यौपाने बढुवामा सिफारिस भएका हुन्।
बढुवा समितिले मंगलबार उनीहरुलाई रिक्त दुई डीआईजीको दरबन्दीमा बढुवाका सिफारिस गरेको हो। उनीहरु दुवैजना प्राविधिक सईको रुपमा सेवा प्रवेश गरेका थिए। पछि सशस्त्रमा आएपछि गैरप्राविधिक बनेका थिए।
डीआईजीमा बढुवाका लागि उनीहरुसँगै विदुर खड्का, प्रदीपकुमार पाल, भेषबहादुर शाह, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक, प्रेमराज पोखरेल, इन्द्रराज कार्की, शान्तिकुमार कार्की र नेत्रकुमार खत्रीलगायत प्रतिस्पर्धामा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।