काठमाडाैं- दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चिनियाँ नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडाैंको ज्याठा क्याबाहालबाट गएराति उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
चिनियाँ नागरिकहरु जम्मा भई सम्पत्ति हारजित हनेगरी जुवातास सट्टेबाजी खेली खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर टेकु र लैनचौर वृत्तबाट विशेष टोली परिचालन गरी उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
प्रहरी टोलीले चिनियाँ नागरिकहरु बसोबास गर्ने होटलहरुमा खोजतलाश गर्दा ज्याठा गल्लीभित्र चाइनिज नागरिक वीनलङ शीले सञ्चालन गरेको जियंघु खाजान नाम गरेको होटलमा चिनययाँ नागरिकहरु भेला भई दुर्लभ वन्यजन्तुका अखेटोपहारको अवैध कारोबार र सम्पत्ति हारजित हनेगरी जुवातास सट्टेबाजी खेलाइरहेको अवस्थामा फेला पारेको थियो।
पक्राउ परेका चिनियाँ नागरिकहरुबाट बरामद सामग्री।
उनीहरुबाट जुवातास खेल्न प्रयोग गरेका विद्युतीय टेबल दुई थान, जुवातास खेल्न प्रयोग हुन चाइनिज भाषा मा जुङ बताउने पलास्टिकको गोटी ४१० थान, नगद आठ लाख ८९ हजार १५५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल सात थान, बाघको छालाजस्तो देखिने एक थान, गाईको छालाजस्तो देखिने एक थान, कस्तुरीको बिनाजस्तो देखिने २० थान, बुद्धचित्त ९०० थान, रुद्राक्ष अन्दाजी २० केजी, राहदानी दुई थान, विभिन्न चाइनिज बैंकका एटीएम कार्ड ३५ थान, भौचर पाना (लेखिएका) २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, बाघको दाँतजस्तो देखिने दुई थान, फलामको धारिलो खुकुरी दुई थान तथा फलामको धारिलो तरवार एक थान बरामद गरेको प्रहीले जानकारी दिएको छ। उनीहरुमाथि वृत्त लैनचौरबाट थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।