सिरहा- ९ किलो चाँदीसहित दुई जना पक्राउ परेका छन्। भगवानपुर गाउँपालिका–१ स्थित सडकबाट करिब ९ किलो ७ सय ग्राम चाँदी जस्तो देखिने धातुका गहानासहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा झापा दमक नगरपालिका-३ बस्ने २८ वर्षीय मनप्रसाद गदाली र सिरहा गोलबजार नगरपालिका-३ बस्ने २७ वर्षीय श्याम विक रहेका छन्।
प्र–२–००४४ प १३२१ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त धातुका गहनासहित फेला पारी पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।