काठमाडौं- सुनसरी बराहक्षेत्र नगरपालिका-८ शुक्रबारेस्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ वर्षीय अमिर लिम्बु रहेका छन्।
सोमबार राति १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चतराबाट आइरहेको को २ च ११२ नम्बरको मारुती भ्यान र को २ प ३५०२ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाच गर्ने क्रममा भ्यानबाट लागूऔषध गाँजा १५० केजी र सिटमा राखिएको अवस्था १ थान नक्कली रिवलबल पेस्तोल बरामद गरेको थियो।
बरामद पेस्तोल र मोबाइल।
प्रहरीलाई देख्नसाथ तत्काल फरार रहेका २ जनाको खोजी भइरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।