काठमाडौं- सरकारले दुई व्यवसायी/आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २१ गतेको निर्णय अनुसार दुई व्यवसायी/ आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राखेको जनाएको छ।
मुख्य व्यक्ति सोनिका अग्रवाल रहेको पूजा ट्रेडिङ एन्ड अर्डर सप्लायर्स, हेटौंडालाई २ वर्ष कालोसूचीमा राखिएको छ भने खगेन्द्र निरौला मुख्य व्यक्ति रहेको फ्रेन्ड्स अर्विट कन्स्ट्रक्सन अर्भिसेज प्राली, कन्काइ नगरपालिका-८ झापालाई एक वर्षका लागि कालो सूचीमा राखिएको हो।
कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा उनीहरुले भाग लिन नसक्ने कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।